Pahilo Awaj

Advertisment

SKIP THIS

रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली

train accident

भारतको महाराष्ट्रमा रहेको जलगाउँमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन् । उनीहरुको ठेगाना भने खुलाइएको छैन ।

हिजो लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँमा दुर्घटना हुँदा १२ जनाको ज्यान गएको हो । दुर्घटना परेर ४० जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ ।

रेल दुर्घटना

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार