Pahilo Awaj

Advertisment

SKIP THIS

जिल्ला अदालत रुपन्देहीमा रास्वपा सभापति लामिछानेको बयान सुरु

rabi

बुटवल।  रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो ।

बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा परेको थियो । जिल्ला  अदालत रुपन्देहीका सूचना  अधिकारी अनन्त मरासिनीले फाइल रुजु गरेपछि बल्ल बयान  सुरु भएको  जानकारी दिए । उनले बयान साँझसम्म चल्ने बताए ।

रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दा  परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारीले पीडित  दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन्। बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लामिछाने बुटवल आएका हुन् ।

रवि लामिछाने

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार