Pahilo Awaj

Advertisment

SKIP THIS

इण्डोनेसियामा पहिरो : मृत्यु हुनेको संख्या १८ पुग्यो

landslide in indonashia

प्रान्तीय विपद् न्यूनीकरण एजेन्सीका अनुसार मंगलबार इण्डोनेसियाको मध्य जाभा प्रान्तको पेकालोङ्गान क्षेत्रमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ।

सेन्ट्रल जाभा प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख बर्गास कातुर्सासी पेनाङगुङ्गनले पेटुङक्रियोनो गाउँमा भएको पहिरोमा नौ जनाभन्दा बढी अझै बेपत्ता रहेको बताए। पहिरोले १० जनालाई गम्भीर घाइते बनाएको, दुई घरलाई आंशिक रूपमा क्षति पुर्‍याएको र धेरै सवारी साधनहरू बगाएको बताएका छन्।

पेकालोङ्गानमा सोमबार भएको भारी वर्षाका कारण बाढी र पहिरो गएको हो। बेपत्ताहरुको खोजी अझै जारी छ।

इण्डोनेसियामा पहिरो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार