Pahilo Awaj

Advertisment

SKIP THIS

पानी माग्दै सिंहदरबार पुगे हर्क

मेयर

काठमाडौं । धरानका बासिन्दालाई पानी माग्दै सिंहदरबार पुगेका मेयर हर्क साम्पाङलाई खानेपानीमन्त्री प्रदीप यादवले समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

मङ्गलबार सिंहदरबार पुगेका साम्पाङलाई खानेपानीमन्त्री यादवले भने, ‘मैले धरानवासीप्रति सधैँ सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।’

भेटपछि पत्रकारसँगको कुराकानीमा साम्पाङले सरकारले आफ्नो माग पूरा गर्ने आश्वासन दिएको बताएका छन् । उनले भने, ‘सरकारबाट बजेट पाउने आश्वासन पाएको छु । अब विस्तारै डीपीआरलगायतका प्रक्रिया अगाडि बढ्नेछ ।’

उनी धरानका लागि पानी माग्दै सोमबार काठमाडौं आएका गिए ।

हर्क साम्पाङ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार