Pahilo Awaj

Advertisment

SKIP THIS

दुई दिनमै तोलामा दुई हजार पाँच सयले बढ्यो सुन

तोलामा

काठमाण्डौ । सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेको छ । सुन आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँ पुगेकाे थियाे । पछिल्लो तीन दिनदेखि सुनको भाउ लगातार उकालो लागेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ९० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ८० रुपैयाँ रहेको थियो ।

ढ्यो सुन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार