Pahilo Awaj

Advertisment

SKIP THIS

सेमिफाईनल पुग्न पुरुष टोली बंगलादेश तथा महिलाहरु इरानसँग खेल्ने

kho-kho team nepal

काठमाडौं । खोखो विश्वकपको सेमिफाइनल प्रवेशका लागि नेपाली पुरुष तथा महिला टोलीले आज दुवै खेल खेल्दैछ। भारतको इन्दिरा गान्धी इन्डोर स्डेडियममा दुवै खेल हुनेछन्।

नेपाली पुरुष टोलीले साँझ पौने ६ बजे बंगलादेशसँग खेल्न लागेको हो। बंगलादेश समूह एकको विजेता हो। बंगलादेश जारी प्रतियोगितामा अपराजित छ। उसले श्रीलंका, दक्षिण कोरिया र पोल्याण्डलाई हराएर अन्तिम आठमा स्थान बनाएको थियो।

नेपाल समूह एको उपविजेताका रुपमा अन्तिम आठमा स्थान बनाउने टोली हो। नेपालले भुटान, पेरु र ब्राजिललाई हराएको थियो। भारतसँग भने झिनो अन्तरले पराजित भएको थियो।

यता महिला खोखो टोली भने समूह सीमा शतप्रतिशत जितसहित अन्तिम आठमा स्थान बनाउने अपराजित टोली हो। उसले आज दिउँसो पौने ५ बजे इरानसँग खेल्ने छ।

इरान समूह एको उपविजेता हो। नेपालले समूह चरणमा बंगलादेश, श्रीलंका भुटान र जर्मनीलाई पराजित गरेको थियो। इरानले भने दक्षिण कोरिया र मलेसियालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो भने भारतसँग पराजित भएको थियो।

चार समूहमा रहेका १९ देशका महिला टोली विश्वकपमा सहभागी छन्। सेमिफाइनलका खेल भोलि हुनेछन् भने उपाधि भिडन्त आइतबार हुनेछ। पुरुष तर्फ भने २० देश सहभागी भए।

खोखो विश्वकप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार