Pahilo Awaj

Advertisment

SKIP THIS

खो-खो विश्वकपमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

kho-kho worldcup

काठमाडौं । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । समूह सी अन्तर्गत मंगलबार अपरान्ह भएको खेलमा नेपालले जर्मनीलाई ७३-३४ ले पराजित गरेको हो ।

यसअघि मंगलबारै भएको पहिलो खेलमा नेपालले भुटानलाई ९३-२४ ले पराजित गरेको थियो ।

समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बुधबार श्रीलंकासँग तथा बिहीबार बंगलादेशसँग खेल्ने छ । हरेक समूहबाट शीर्ष दुई टोली क्‍वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

पुरुषतर्फ भने समूह ए मा रहेको नेपाल पहिलो खेलमा भारतसँग ४२-३७ ले पराजित भएको थियो । पुरूष टोलीले आज पेरूसँग खेल्दै छ ।

खो–खो विश्वकप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार