तिलोत्तमा, पौष २७।लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेड तिलोत्तमा-६ पश्चिम पहुनी रुपन्देहीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । १ सय ४३ सहकारीको संयुक्त लगानी रहेको सो सहकारीले दुध र दुधबाट उत्पादित सबै खाद्य सामाग्री उत्पादन गर्दै आएको छ। साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षता गर्नुभएकी कार्यबाहक अध्यक्ष ज्ञानु पौडेलले बार्षिक तथा सघको आर्थिक तथा प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभामा पेश गरिएको प्रतिवेदन पनि पारित गरिएको छ ।
कार्यक्रमको उद्घाटन रुपन्देही क्षेत्र नम्बर ५ का माननीय साम्सद बासुदेव घिमिरेले गर्नुभएको थियो। सो अवसरमा उहाँले सहकारी संस्थाहरुले गरीवी निवारणका साथै गाउँगाउँमा उत्पादन संग जोडिएर काम गर्नुपर्ने र सहकारीमा लगानी गर्ने अभियान चलाएर यो गरिमामय संघलाई उच्च गुणस्तरको सामाग्री उत्पादनमा अगाडी बढाउनु पर्ने उल्लेख गर्दै राज्यले समेत उचित मूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बोल्दै साम्सद घिमिरेले समग्र कृषी र पशुपालन क्षेत्रको बिकासका लागि यो सहकारीले ठुलो योगदान दिने समेत बताउनुभयो।
संघको पाँचौ बार्षिक साधारण सभाको अवसरमा बिशिष्ठ अतिथि डा.खगराज शर्मा, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरी, वडा अधय्क्ष तिलोत्तमा-६ का गणेश पाठक, संघका भिम तुलाचन लगायतले बोल्दै सहकारी संघले लगानी बढाउदै यस क्षेत्रका जनताको जिबन स्तर उकास्दै गुणस्तर सेवा पस्किन आग्रह गर्नुभएको थियो।
लुस्कुनको अध्यक्षमा ज्ञानु पौडेल सर्वसम्मत
लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेड (लुस्कुन) तिलोत्तमा-६ पश्चिम पहुनी रुपन्देहीको पाँचौ वार्षिक साधारणसभाले ज्ञानु पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बिगत लामो समयदेखि निवर्तमान अध्यक्ष डा.खगराज शर्माले राजिनामा दिएपछि कार्यबाहक अध्यक्षको पद सम्हाल्दै संघमा आबद्ध पौडेल अध्यक्षमा चुनिनुभएको हो। संघको उपाध्यक्षमा डिबी थापा, सचिवमा मिन प्रसाद पोख्रेल, कोशाध्यक्ष खेम प्रसाद गौतम र सदस्यहरुमा राधा पोख्रेल थापा, झुपा पाण्डे, झपेन्द्र राज अर्याल , उमा राना, अर्जुनाराज उपाध्याय, अर्जुन रानाभाट, कृष्ण प्रसाद पाण्डे, टिकाराम चापागाईं, देवी प्रसाद पाण्डे, पुर्ण प्रसाद तिमिल्सिना, धनकुमारी बराल रहेका छन् भने लेखासुपरिक्षण समितिमा कृष्ण प्रसाद अर्यालको संयोजकत्वमा रामकृष्ण शर्मा र तुलसा थापा क्षेत्री सदस्यसहित ३ सदस्यीय समिति चयन गरेको निर्वाचन उपसमिति सदस्यहरु सुखदेव न्यौपाने र प्रकाश भट्टराईले बताउनुभएको छ।