Pahilo Awaj

Advertisment

SKIP THIS

माछालाई दाना दिन गएका गौचनको डुबेर मृत्यु

हत्या

काठमाडौं । मुस्ताङको थासाङमा माछापोखरीमा डुबेर वृद्धको मृत्यु भएको छ। शनिबार आफ्नै माछापोखरीमा डुबेर गाउँपालिका २ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

प्रहरी निरीक्षक सागर पौडेलको कमान्डमा गएको टोलीले अनुसन्धान गरेको र मृत्युको कारण डुबेर हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। दुई छोरीका पिता उनी घरमा एक्लै बस्दै आएको र आफूले पालेको माछालाई दाना हाल्न जाने क्रममा शनिवार चिप्लेर पोखरीमा डुबेर मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।

पोष्टमार्टमपछि प्रहरीले मृतकको शव सदरमुकाम जोमसोम बस्दै आएकी छोरीलाई बुझाएको छ।

वृद्धको मृत्यु

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार