Pahilo Awaj

Advertisment

SKIP THIS

पृथ्वी जयन्तीको अवसरमा भेटघाट कार्यक्रम सम्पन्न

prithivi jayanti special

काठमाडौं । आधुनीक नेपाल एकीकरणका अभियान्ता पृथ्वी नारायण शाहको ३०३ औँ जन्मजयन्तीका अवसरमा युवा अभियान्ता सैनामैनाले भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको सैनामैना १० सालझण्डीमा पृथ्वी नारायण शाहको सम्झनामा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमले नेपाली जनताको मनमा नेपाल प्रतिको माया तथा एकताको आधारको झल्को दिएको आयोजकले बताएको छ । साथै वर्तमान राजनीति प्रति जनता घृणीत रहेको पनि कार्यक्रममा खुलाइएको थियो ।

सुरेन्द्र पौडेलको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रममा आयोजक युवा अभियन्ता सैनामैनाका खडक जि सी, मनु पान्डे, गुरुदेब पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।

सैनामैना नगरपालिका १० सालझण्डीका वडा अध्यक्ष कृष्ण प्रर्साद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथी सैनामैना १० का वडा सदस्य भिम बहादुर श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा पशुपती माध्यमिक विद्यालयका अध्यक्ष हरि पोख्रेल, समाजसेवी प्रेम पोखरेल, नबराज खनाल, बाबुराम घिमिरे लगायतको पनि उपस्थिति रहेको आयोजक युवा अभियन्ता सैनामैनाले बताएको छ ।

चुरामणी भट्टराईले सञ्चालन गरेको कार्यक्रम भब्य र सभ्यताका साथमा समापन भएको आयोजकको भनाई छ ।

पृथ्वी नारायण शाह

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार