काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने बताएका छन्।
शनिवार पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको दिन सिंगो नेपालीहरू र सिंगो राष्ट्रका निम्ति पनि गौरवको दिन भएको उल्लेख गरे।
उनले आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायण शाह नेपाल आमाको असल सन्तति र असल योद्धा भएको बताए। उनले पृथ्वीनारायण शाह राष्ट्रका साझा सम्पत्ति भएको बताए। नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परराष्ट्रनीतिका आधार अघि सार्ने व्यक्तित्व रहेको पनि बताए।
अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको दिव्योपदेश हुनुपर्ने जति प्रचार गर्न नसकेको बताए।