रुपन्देही । सैनामैना जेसिजको आगामी नेतृत्व वर्ष २०२५ का लागि सैनामैना जेसिज वर्ष २०२४ का कार्यकारणी उपाध्यक्ष कृष्ण भण्डारी र वर्ष २०२४ कै वोर्ड सल्लाहकार गोविन्द खरेलको कडा प्रतिस्पर्धा हुने भएको छ ।
सैनामैना जेसिज बर्ष २०२५ को साधारण सभा तथा अधिबेशन यहि पौष २६ र २७ गते हुने भयको छ । उक्त अधिबेशनले अध्यक्ष, कार्यकारीणी उपाध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारीहरुको निवार्चित गर्ने छ भने कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्षमा भने निर्वाचित अध्यक्षले आफ्नो कार्यकाल सफल बनाउन मनोनित गर्ने छ ।
सैनामैना जेसिजको आगामी वर्ष २०२५ का लागि सैनामैना जेसिजको आफ्नै खालको विधि विधान भएको कारणले गर्दा विभिन्न तालिम सँगसँगै महाधिवेशनमा सहभागिता जस्ता विशेष प्रावधानले गर्दा सैनामैना जेसिज वर्ष २०२५ का लागि सैनामैना जेसिजको अध्यक्षमा उम्मेदवारी दिनका लागि विशेषत तीन जना रहेका छन् ।
२०२५ का लागि प्रबल दावेदार मध्येका एक हुन् जेसी कृष्ण भण्डारी, जो सैनामैना जेसिसमा लामो समयदेखि आबद्ध भएर सामाजिक कार्यहरूमा अगाडि बढिरहेका छन् ।
उनी सैनामैना जेसिजको साधारण सदस्य सैनामैना जेसिजको अध्यक्ष नन्दबहादुर थापा क्षेत्री हुँदा लिएका थिए। बिमल ज्ञवाली अध्यक्ष हुँदै गर्दा उनी सञ्चार संयोजकको भूमिका निर्वाह गरेका थिए।
नेपाल जेसीजले प्रदान गर्ने टर्ट तालिममा उनी पोखरा मा सहभागिता भएका थिए भने सहभागिता मात्रै भएनन् उसले आफ्नो प्रस्तुतिलाई दमदार राख्दै उक्त तालिममा प्रदान गरिएका पाँच पुरस्कारमध्ये तीन पुरस्कार आफ्नो पोल्टोमा पार्न सफल भएका थिए ।
त्यसपश्चात उनी सैनामैना जेसिसको रामचन्द्र ढकालको नेतृत्व हुँदै गर्दा उनी महासचिवको भूमिकामा थिए भने २०२४ मा शिशिर ज्ञवालीको नेतृत्व हुँदै गर्दा उनी कार्यकारणी उपाध्यक्षको भूमिकामा रहेका थिए।
उनकै संयोजकत्वमा भएको सैनामैना स्पिकर अफ द इयरको कार्यक्रमको संयोजन गर्दै उक्त कार्यक्रम मार्फत नेपाल जेसिसबाट प्रदान गरिने पुरस्कार समेत आफ्नो शाखालाई दिलाएका थिए।
विशेषगरी मानिस भएर यस पृथ्वीमा जन्म लिइसकेपछि आफ्ना लागि भन्दा पनि अरुका लागि केही गर्नुपर्छ र त्यो जीवन्त रहिरहन्छ भन्ने कुरामा दृण विश्वास राख्ने भण्डारी २०२५ को नेतृत्व लिनका लागि मैदानमा उत्रिएको कुरा उनले जानकारी गराए ।
सैनामैना जेसिज वर्ष २०२५ लाई हाक्नका लागि अर्का उम्मेदवार रहेका छन जेसी गोविन्द खरेल, जो सैनामैना जेसिसको स्थापना कालदेखि नै जेसिजमा आबद्ध भई आफ्नो नेतृत्व र व्यक्तित्व विकासलाई अग्रपंक्तिमा राख्दै यस क्षेत्रका विभिन्न संघसंस्थाहरूमा पनि उनको आबद्धता रहेको छ ।
गोबिन्द खरेल नेतृत्व गर्ने कुसल क्षेमता र उनि संस्थापक सदस्य, बर्ष १७ मा संयोजक, बर्ष २०१८ मा सचिव, बर्ष २०१९ मा महासचिव, २०२२ र २०२३ मा अध्यक्ष सल्लाहकार, २०२४ मा बोर्ड सल्लाहकार भयर काम गरेको लामो अनुभव रहेको छ।
सैनामैना जेसिजको अध्यक्ष हुनका लागि कम्तीमा पनि दुईवटा महाधिवेशन एटेन्ड गरेको हुनपर्ने र नेपाल जेसिजले प्रदान गर्ने जेसीआई एकेडेमी, बिजनेस एकेडेमी र टटमध्ये कुनै एउटा तालिम अनिवार्य लिएको हुनुपर्ने जेसीआई सैनामैनाको विधानमा रहेको छ।
एक व्यक्ति, एक पद, एक कार्यकालको अवधि रहने जेसिसमा जो नेतृत्वमा आएतापनि उसले आफ्नो ३६५ दिन मात्रै काम गर्ने हुँदा यसले प्रत्येक व्यक्तिलाई एक वर्षको समयमा के र कसरी कस्ता खालका सामाजिक कार्यहरू गर्न सकिन्छ भन्ने कुरा सिकाउने पनि गर्दछ ।
सैनामैना नगरपालिका भएसँगै सैनामैनामा विभिन्न अन्तर्राष्ट्रिय क्लबहरूको स्थापना भएको थियो भने, सैनामैना जेसिज २०१५ बाट सैनामैनामा सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।
सैनामैना जेसिजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी हाल सैनामैना नगरपालिका वडा ४ का वडा अध्यक्ष समेत हुनुहुन्छ र जेसिज विशेषगरी युवाहरूको नेतृत्व र व्यक्तित्व विकासका लागि ठूलो भूमिका खेल्ने गर्दछ, त्यसको एउटा जलन्तत उदाहरण राम प्रसाद अधिकारी हुनुहुन्छ।