![sikxya mantri](https://pahiloawaj.com/wp-content/uploads/2025/01/004f7e40-1660-4fe6-b4b5-35729248092d.jpg)

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलाई ६० प्रतिशत सहयोग गर्दै आएको बताएकी छिन्।
बिहिबार शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आयोजना गरेको ‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग साक्षात्कार’ मा उनले त्रिविको शिक्षा सुधारका लागि सरकारले सहयोग नगरेको भन्ने प्रचार गलत भएको दाबी गरिन्।
उनले भनिन्, ‘बाहिर त्रिविको शिक्षा सुधार गर्न प्रधानमन्त्री ,शिक्षा मन्त्रीले सहयोग गरेन भन्ने त्यसै प्रचार गरियो। त्यसमा सत्यता छैन। मैले १०० प्रतिशत त भन्दिन् किन भने १०० प्रतिशत सहयोग गरेँ भनियो भने हस्तक्षेप गर्यो भन्छन्। त्यसैले ६० प्रतिशत सहयोग गर्दै आएको छु।’
उनले त्रिविमा पदाधिकारी नियुक्तिदेखि कुनै कुरामा सरकारले हस्तक्षेप नगरेको दाबी गरिन्। ‘शिक्षामा कसरी सुधार ल्याउने र त्रिविलाई कसरी व्यवस्थित गर्ने भनेर लागिपरेका छौँ’, उनले भनिन्, ‘चासो लिएको छैन भनेर भन्न मिल्दैन।’