Pahilo Awaj

Advertisment

SKIP THIS

आठ सय रुपैयाँले बढ्यो सुन

तोलामा

काठमाण्डौ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ४० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार आठ सय ३० रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार