काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् ।
ड्राफ्टमा अटाएका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी रहेका छन् ।
पीएसएलको खेलाडी ड्राफ्टबाट खेलाडी छनोट गरिने छ । पिएसएलका अनुसार खेलाडी ड्राफ्ट १३ जनावरीमा पाकिस्तानको लाहोरमा हुनेछ ।
दशौं संस्करणको पिएसएल १० अप्रिलदेखि सुरु हुनेछ । लिगमा अघिल्ला संस्करणमा झै यस पटक पनि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।