Pahilo Awaj

Advertisment

SKIP THIS

डोटीमा वेवारिसे अवस्थामा महिलाको शव फेला

हत्या

धनगढी । डोटीमा एक जना महिलाको वेवारिसे शव फेला परेको छ । मंगलबार साँझ पौने ५ बजे केआईसिंह गाउँपालिका ६ को लामाडाडास्थित जंगलमा नाम, थर, वतन नखुलेकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार घाँस, दाउरा काट्ने महिलाहरुले वेवारिसे अवस्थामा शव देखेपछि वडानम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद जैसीमार्फत प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई नेतृत्वको टोली घटनास्थल प्रस्थान भएको छ ।

शव भेटिएकोबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शव फेला

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार