Pahilo Awaj

Advertisment

SKIP THIS

चीन केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते

destroyed by earthquake

काठमाडौं । मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार बारामा ११ तथा काठमाडौं र काभ्रेमा एक–एकजना घाइते भएका हुन्। घाइते सबैको उद्धार गरिएको प्रहरीले जनाएको छ।

यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार