Pahilo Awaj

Advertisment

SKIP THIS

भारतमा हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

helicoptar crashed

भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार तीन जना (सबै) को मृत्यु भएको प्रहरीले जनाएको छ।

पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट हेलिकप्टर दुर्घटना भएको हो।

हेलिकप्टर दुर्घटनामा परेर आगो लागेपछि दुई पाइलटसहित चालक दलका तीन सदस्यलाई जलेको अवस्थामा तत्काल अस्पताल लगिएको थियो। दुर्घटनामा चालक दलका तीनै सदस्यले ज्यान गुमाएका छन्।

दुर्घटना आईतवार दिउँसो १२ः१० बजे भएको थियो। भारतीय प्रहरी र कोस्ट गार्डका अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

हेलिकप्टर दुर्घटना

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार