Pahilo Awaj

Advertisment

SKIP THIS

सोविता गौतमले रवि लामिछानेको पक्षमा बहस गर्ने

sobita Gautam

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेत्री सोविता गौतमले रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्ने भएकी छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार गौतम लगायतका वकिलले लामिछानेका पक्षमा बहस गर्ने भएका हुन।

सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ।

न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन्। यसमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने पाँचजनाको बाँकी छ ।

उनीहरूले बहस गर्न चाहेमा लामिछानेका तर्फबाट त्यसपछि मात्रै बहस शुरु हुने जिल्ला अदालतल कास्कीका श्रेस्तेदार राजन खनालले बताए। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले बहस गर्दैछन्।

लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका कानून व्यवसायीको बहस हुनेछ।

रवि लामिछाने सोविता गौतम

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार