Pahilo Awaj

Advertisment

SKIP THIS

पेट्रोलियम पदार्थ अन्वेषण गर्दा ग्यास भेटियो

Petroll Drill

सुर्खेत । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दा ग्यास फेला परेको छ। दैलेखको भैरवी गाउँपालिका-१ स्थित जलजलेमा ४ हजार १३ मिटर गहिराइसम्म ड्रिल गर्दा ग्यास भण्डार रहेको सङ्केत देखिएको हो।

शनिवार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङ सकिएको छ। ड्रिलिङपछि त्यहाँ भेटिएका पेट्रोलियम पदार्थको नमुना निकालिएको छ। ग्यास भण्डार रहेको संकेत भेटिएपछि अब त्यहाँ कति परिमाणमा ग्यास छ र त्यसबाट आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ भनेर खानी तथा भूगर्भ विभागले अनुसन्धान भइरहेको जनाएको छ।

गत वैशाख २३ गते विभागले अन्तिम चरणको ड्रिलिङ शुरु गरेको थियो। मेसिनले खनेर पेट्रोलियम पदार्थ भए/नभएको पत्ता लगाएको हो।

४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास नै भएको पत्ता लागेको पेट्रोलियम पदार्थ आयोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट सुरेश श्रेष्ठले बताए। उनले ड्रिलिङ शनिवार सकिएको बताए। ड्रिलिङपछि नमुना निकालिएको र उक्त नमुना नमुना परीक्षणका लागि चीनको प्रयोगशालामा पठाइएको छ।

पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीनको जिओलोजिकल सर्भे कम्पनीले भौगर्भिक अध्ययन गरेको परियोजनामा सीएनपिसी इन्जिनियरिङले उत्खनन थालेको थियो।

ग्यास भण्डार पेट्रोलियम पदार्थ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार