Pahilo Awaj

Advertisment

SKIP THIS

सैनामैनामा गणेश पुराण महायज्ञ हुने

GaneshPuran

काठमाडौं । रुपन्देहीको सैनामैनामा गणेश पुराण महायज्ञ हुने भएको छ । सैनामैना ८ शान्तिटोलस्थित श्री सिद्धिविनायक गणेश मन्दिरमा महायज्ञ हुने भएको हो ।

महायज्ञ माघ ३ गतेदेखि ८ गतेसम्म हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । महायज्ञमा सामूहिक व्रतबन्ध, ग्रहशान्ति, चौरासी पूजा, तुलादान, गौदान, लघुरुद्री, लाख बत्ति प्रज्वलन तथा अखण्ड हरि र्कितन लगायतका कार्यक्रमहरु हुने आयोजकले बताएको हो ।

राजयोगिनी कमला दिदीको विशिष्ठ आतिथ्यतामा हुन लागेको महायज्ञमा आर्शीर्वचन ब्रह्मनिष्ठ सन्तशिरोमणी लोकानन्दजी महाराजको रहने छ ।

त्यस्तै, प्रमुख वाचक आध्यात्मिक प्रखरवक्ता ऋषिकेश उपाध्याय, उपवाचक सुदर्शन, श्रृङ्गारिक आरती दुर्गा प्रसाद भट्टराईले गर्ने तय भएको महायज्ञ व्यवस्थापन समितिले जानकारी दिएको छ ।

कमला अधिकारी संकल्पकर्ताका रुपमा रहने जनाइएको कार्यक्रमको सञ्चालन सागर लम्सालले गर्ने छन ।

महायज्ञमा मोहन काफ्ले, चन्द्र बराल मगर, राम थापा, पोषण श्रेष्ठ लगायतका कलाकारहरुको पनि प्रस्तुती रहने छ ।

गणेश पुराण महायज्ञ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार