भैरहवा, पुस २१ । साइग्लोबल एकेडेमीद्वारा आयोजित बार्षिक खेल सप्ताह कार्यक्रम सुरु भएको छ । कार्यक्रमको पहिलो खेल ४ किलोमीटरको म्याराथन दौड प्रतियोगिताबाट सुरू गरिएको हो । कार्यक्रमको समुद्घाटन जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठोरले गर्नु भएको थियो । उक्त कार्यक्रममा वाडा न ८ का प्रहरी निरीक्षक नेत्र बुढा, प्याब्सन, सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिक, प्याप्सन सिद्धर्थनगरका पूर्व अध्यक्ष गोकुल पोखरेल, रूपन्देही क्रीकेट सङ्हका कार्यबहाक अध्यक्ष धीरज क्षेत्री, बिध्यालयका बिहानी समूहका संयोजक प्रकाश पाण्डे, संचालक समिती सदसस्य महेश भुर्तेल, कृश्न मोहन कोहार लगायतको सहाभागिता रहेको थियो । कार्यक्रममा बोल्दै बिध्यालय ब्यस्थापन समितिका अध्यक्ष दिनेशमान अमात्यले बिध्यार्थीको शैक्षिक उपलब्धिका साथै खेलकुद एवम् श्वास्थ्यलाई पनि मध्यनजर गर्दै बिध्यालयले हरेक वर्ष खेलसप्ताह कार्यक्रम गर्दै आएको कुरा बताउनु भयो । विद्यालयका प्राचार्य लक्ष्मण ग्यवालीले बिद्यालयले शैक्षिक मात्र भएर अतिरिक्त कृयाकलापका साथै खेलकुद र ब्यवहारिक शिक्षामा जोड दिएको कुरा बताउनुभयो ।
साइग्लोबल एकेडेमीका म्यानेजिङ्ग डाइरेक्टर मोति पौडेलको संयोजकत्वमा सन्चालित उक्त कार्यक्रमको सन्चालन बिध्यालयका सिक्षक सुरज घिमिरेले गर्नु भएको थियो । म्याराथन प्रतियोगितामा छात्र तर्फ शैलेन्द्र यादब प्रथम, राकेश सहानी द्वितीय र धर्मेन्द्र राज भर तृतीय भएका थिए भने छात्रातर्फ मिराइ खाक्य प्रथम, महिमा कुमारीच चाई द्वितीय र सारा खातुत तृतीय स्थान प्राप्त गरेका थिए । बिजयी बिध्यार्थीहरूलाई मेडल र सिल्डसहित क्रमश: ३०००, २००० र १००० नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।