‘एकमा एक मिलेर’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ।
मंगलबार (आज) दियो जोडी नामक युट्युव च्यानल मार्फत गीत बजारमा ल्याइएको हो ।
बुद्धि कुलुङले लेखेको गीतले जीवन, जगत र सत्य अन्ततः एउटै मूलमा जोडिएका हुन्छन् भन्ने संदेश दिएको छ । कहिले गणित, कहिले संगठन, कहिले प्रेम र कहिले अध्यात्म—जुनसुकै रूप लिए पनि जीवन एउटै सत्यतर्फ फर्किने भाव गीतमा व्यक्त गरिएको छ।
‘एकमा एक मिलेर’ बोलको गीतमा परेस राई र दिपा सुहाङले स्वर भरेका छन । दीप घतानीको संगीत रहेको गीतको एरेन्ज सञ्जिव बराइलीले गरेका छन ।
‘एकमा एक’ गीत दियोजोडी युट्युब च्यानलमा हेर्न सकिन्छ।
