कुर्सी जोगाउन प्रधानमन्त्री `प्रचण्ड´ को दौडधुप

काठमाडौं । सरकार सञ्चालनका लागि दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गए राति सहमति गरेसँगै राष्ट्रिय राजनीतिमा दौडधुप बढेको छ । एमाले-कांग्रेसले राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने तयारी अगाडि सारेपछि अहिले सत्ता सञ्चालन गरिएको माओवादी केन्द्र अन्योलमा परेको हो ।

सरकार ढल्ने संकेत देखिन थालेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दौडधुप बढेको छ । उनी आज राष्ट्रपति भवन शीतल निवास गएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास गएका हुन् ।

यस्तै, कुर्सी जोगाउन लागि परेका उनले तत्काल प्रधानमन्त्री पदबाट राजिनामा नदिने पनि जानकारी दिए । उनले संसदमा विश्वासको मत माग्ने र अकं गणीतका आधारमा अगाडि बढ्ने बताएका छन् ।

यता, रास्वपा भने अब बन्न लागेको कांग्रेस-एमाले गठबन्धनको सरकारमा नजाने भएको छ । आज बैठक बस्दै रास्वपाले आफूहरू नयाँ समिकरणमा नजोडिने जानकारी दिए ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
3
+1
1
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.