चतरा र कन्काईमा भारी वर्षा, बुढीखोलाले सतर्कताको तह पार गर्‍यो

काठमाडौं । सुनसरीको बुढी खोलाको बाढीले सतर्कताको तह पार गरेको छ । बाढी अझै बढ्दो क्रममा रहेकाले आज दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार कोशी बेसिनको चतरा क्षेत्रमा गत २४ घण्टामा १७३।२ मिलिमिटर वर्षा भएको छ । यसैगरी झापाको अनारमनीविर्तास्थित कन्काइ नदीमा पनि गत २४ घण्टामा १३९।४ मिलिमिटर वर्षा मापन भएको छ ।

आज ईलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङजा, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची, गुल्मी र ती जिल्ला आसपास भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिमसमेत रहेकाले सतर्क रहन पनि मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

गत जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन असार १० गते सुदूरपश्चिमसम्म फैलिएको थियो । मनसुन देशभर फैलिए पनि कोशी प्रदेशको तुलनामा अन्य प्रदेशमा मनसुन कम सक्रिय छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.