काठमाडौं । गोसाईकुण्ड गाउँपालिकाले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । गाउपालिकाद्वारा एक कार्यक्रमकाे आयाेजना गरि पालिकाको वडा नम्बर ५ स्याफ्रुबेशीमा रहेको काेमिन श्यामेवाङफेल मा.वि. मा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क पोशाक वितरण गरिनुका साथै शैक्षिक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
गाउपालिकाकाे पूर्व घाेषित कार्यक्रम अनुसार नि:शुल्क शिक्षा कार्यक्रम अन्तर्गत प्रत्येक बर्ष विद्यार्थीहरूलाई विद्यालय पाेशक तथा स्टेसनरी सामाग्रीहरूकाे वितरण कार्यकाे निरन्तरता रहेकाे गाेसाइकुण्ड गाउँपालिकाले जनाएको छ ।
पाेशाक वितरण कार्य गाेसाइकुण्ड गाउपालिका वडा नम्बर ६ स्थित रसुवा माविमा सम्पन्न भैसकेको छ भने ठुलाे भार्खु स्थित भीमसेन आधारभुत विद्यालय, ठाडे स्थित सरस्वती आधारभुत विद्यालय , टिमुरे , थुमन खाङजिम लगायतका विद्यालयहरूमा पनि छिट्टै याे पेशाक वितरण तथा शैक्षिक सचेतना कार्यक्रम राख्ने शेडुल रहेका पनि गाउपालिकाले जनाएको छ ।
आईतबार गाेसाइकुण्ड गाउपालिका शिक्षा शाखाकाे आयाेजनामा “अभिभावक सचेतना,शैक्षिक सुनुवाई तथा पाेशक वितरण” कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई सामाग्री वितरण गरिएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि एवम् गाेसाइकुण्ड गाउपालिकाका उप प्रमुख प्रतिमा लामा द्वारा गाेसाइकुण्ड गाउपालिका भित्र अवस्थित सम्पुर्ण सार्वजनिक विद्यालयहरूकाे शैक्षिक गुणस्तर सुधार गरि उत्कृष्ट विद्यालय बनाउने संकल्पका साथ स्थानिय सरकारले शिक्षालाई पहिलाे प्राथमिकता राखेर लगानी गरिरहेकाे बताउनु हुँदै याे स्थानिय सरकारकाे अभियानमा शिक्षक शिक्षिका , अभिभावक विद्यार्थी लगाय सबै सराेकारवााहरूकाे साथ समर्थन र सहयाेगकाे अवश्यकता रहेकाे पनि जानकारी गराउनु भयाे ।
साेही कार्यक्रममा उप प्रमुख प्रतिमा लामाले विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरूलाई नया आर्थिक वर्षकाे बजेट निर्माणधिन रहेकाे हुदाँ शिक्षा र विद्यालय सम्बन्धित सल्लाह सुझाबका लागि सधै गाेसाइकुण्ड गाउपालिकाकाे ढाेका खुल्ला रहने र सबैकाे सहि सल्लाह र विचारकाे कदर स्थानिय सरकारले गर्ने बताउनु भयो । पाेशाक वितरण कार्यक्रममा याे साल हरेक विद्यार्थीहरूकाे अभिभावहरूले पनि आफ्नाे छाेराछाेरीलाई दिउँसाे के पढायाे र के के गृहकार्य शिक्षकले दिएका छन जानकारी हाेस भन्ने उदेश्यले डाइरीकाे व्यवस्था गरेकाे पनि बताउनु हुदै थप्नु भयाे कि , मान्छे जन्मिन्छ र मृत्यु हुन्छ याे एउटा प्राकृतिक प्रकृया हाे । सबै मान्छेले ईतिहास रच्दैन तर त्यसले रच्छ जसले समाजकाे लागि याेगदान दिन्छन तर्सथ तपाईं शिक्षाकहरूमा एउटा अवसर आएकाे छ जुन स्थानिय सरकारकाे भिजन अनुसार याे गाेसाइकुण्ड गाउपालिकाकाे शैक्षिक सुधार गरेर उत्कृष्ट विद्यालय बनाउन । यसमा शिक्षकहरू सबै अव्वल हुनेमा विश्वस्त रहेकाे बताउनु भयाे । साथै उत्कृष्ट शिक्षक मुल्याङकन विधि पनि गाउपालिकाले ल्याएकाे जानकारी दिनु भयाे ।
उक्त कार्यक्रममा कक्षा शिशु देखि १० सम्म ट्रयाक सेट , हाउस टिसर्ट र कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई झोला, कपि ,कलम र डाईरी उपलब्ध गराएको थियाे ।
कार्यक्रममा शिक्षा शाखा प्रमुखले विद्यालयमा अध्यानरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरुको पठनपाठनमा आउने कठिनाईहरुमा केही सहजता होस् भन्ने हेतुले नियमित कार्यक्रम अन्तर्गत पोशाक प्रदान गरेको जनाएको छ ।
उक्त कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूले सबै विद्यार्थीहरूलाई स्थानिय सरकारले दिएकाे सुविधा अनुसार राम्राे सँग पढ्न सुझाव दिएका थिए ।
Facebook Comments