पेट्रोल पम्पमा अत्यासलाग्दो लाइन

काठमाडौं । पेट्रोलियम पदार्थको अभाव भएसँगै काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी चालकहरुको लामो लाइन लागेको छ । काठमाडौंका पेट्रोल पम्पहरुमा लामो समयपछि सवारी साधनहरुको लाइन देखिएको हो ।

भारतले नेपालमा गरेको नाकाबन्दीको समयमा र त्यसपछि २०७८ सालमा पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण पनि इन्धन अभाव भएको थियो । जससँगै हिजोदेखि फेरी ट्याकंर चालकहरुको आन्दोलनका कारण इन्धनको अभाव सृजना भएको हो ।

नेपाल पेट्रोलयम ट्यांकर चालक संघले सात बुँदे माग गरेर थानाकोट डिपोबाट शनिबारदेखि पेट्रोलयम पदार्थको ढुवानी रोकेपछि निजी पेट्रोल पम्पमा पेटोल अभाव भएको हो ।

अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पेट्रोल पम्पमा इन्धन हाल्न लामो समय पालो पर्खनुपर्ने बाध्यता छ । गर्मीको बेला लामो समयसम्म लाइनमा बस्नुपर्दा सवारी चालकहरु हैरान छन् ।

 

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.