क्रिकेटर प्रतिशकी आमा प्रतिभाको भावुक स्ट्याटस

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने वेस्ट इण्डिजमा हुने टी२० विश्वकपमा सहभागी हुने भएपछि तिव्र गतिका बलर प्रतिश जिसीकी आमा प्रतिभा जिसीले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेकी छन् ।

फास्ट बलर प्रतिश जिसीलाई रिजर्भमा राखेर सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गरेपछि जिसीको आमाले सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेकी हुन् ।

प्रतिशका आमा प्रतिभा जिसीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् , ‘एकैचोटि छोरा टीमबाट बाहिर निस्केको समाचार सुन्दा मनभारी भयो । फेरि सन्दीप टिममा हुँदा मन खुसी भयो । मैले नबुझेको पनि हुनसक्छु , मनमा लागेको कुरा चाहिँ स्पिनर बलरको ठाउँमा लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छ ? त्यो चाहिँ बुझ्न सकिन , तर यहाँ मेरो छोरो तेरो छोरो भन्दा पनि सबै खेलाडी हरु हाम्रै छोरा हुन्, यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ।’

उनले जुन खेलाडी टिममा भएपनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्ने बताएकी छिन् । साथै, उनले थपेकी छिन्, ‘हामी देशले जितेको हेर्न चाहन्छौँ । सन्दिपको टिममा पुनरागमन हुँदा एकदमै खुशी छु । नेपाली क्रिकेट टिम एउटा परिवार हो यहाँ दाई र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो। सन्दिपलाई शुभकामना छ । ’

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.