टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

काठमाडौँ । अमेरिका र वेष्ट ईन्डिजमा जारी टी-२० विश्वकपमा भारतले चिर प्रतिद्वन्दी पाकिस्तानलाई हराएको छ । गए राति भएको खेलमा भारतले पाकिस्तान माथि ६ रनको जित निकालेको हो ।

दोस्रो खेलमा पनि पराजय ब्यहोरेसँगै पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ । पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा हारेको थियोे ।

भारतले सबै खेल जितेको खण्डमा अमेरिकाको आयरल्याण्ड विरुद्धको हारले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना जिवितै राख्ने छ ।

न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो । एक समय ७२-२ को अवस्थामा रहेको पाकिस्तानले अन्तिम आठ ओभरमा खेल गुमाउन पुग्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाएपनि जित भने दिलाउन सकेनन् । इमाद वासिमले १५ रन बनाए भने बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए ।

भारतको जितमा जस्प्रित बुम्राहले ३ तथा हार्दिक पन्ड्याले २ विकेट लिए । अर्श्दिप सिंह र अक्षर पटेलको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै १ सय १९ रन जोडेको थियो ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.