रिफरको नाममा वर्ल्डलिंकको लुट, अफर प्रचारप्रसारमा मात्रै सिमित

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले रिफर अफरको नाममा ग्राहकको आखामा धुलो छर्ने काम गर्दै आएको पाइएको छ । इन्टरनेटको प्रयोगकर्ता वृद्धि गर्न पछिल्लो समय वर्ल्डलिंकले ल्याएको रिफर अफर प्रचारप्रसार केन्द्रीत रहेको प्रष्ट भएको हो ।

प्रयोगकर्तालाई आफ्नो कम्पनीतर्फ आकर्षित गर्न ल्याएको यो अफर वर्ल्डलिंको लुटिखाने धन्दा बन्दै गएको बुझ्न सकिन्छ । प्रचारप्रसारमा मात्र प्रयोग भएको रिफर अफरमा इन्टरनेट जडान गर्ने र गराउने दुवै पक्षलाई सिमित अवधिभरका लागि इन्टरनेट नि:शुल्क हुने भन्दै विज्ञापन गरिन्छ । तर, पछि इन्टरनेट जडान पश्चात् उक्त अफर प्रयोगकर्तालाई दिन वर्ल्डलिंकले सयौं बाहाना बनाउने गरेको पाइएको छ ।

यस बिषयमा वर्ल्डलिंक सहायता कक्षमा कार्यरत कर्मचारीहरुसँग बुझ्दा कर्मचारी अनुसार फरकफरक जवाफ दिएका छन् । इन्टरनेट रिफर गरि जडान गरेको महिना दिन बित्दा समेत वर्ल्डलिंकले रिफर अफर नदिएको पत्तो पाएपछि पहिलो आवाज ब्यूरोले त्यहाँ कार्यरत कर्मचारीसँग बुझ्ने प्रयास गरेको छ । सो क्रममा उनिहरुबाट फरकफरक जवाफ आएको हो । यसर्थ पनि वर्ल्डलिंकले अफरका नाममा प्रयोगकर्ताको भावनासँग खेल्नुका साथै मनोमानी गर्दै आएको सहजै आकलन गर्न सकिन्छ ।

कर्मचारीहरुका अनुसार इन्टरनेट रिफर गरे बापत प्रयोगकर्ताले पाउनुपर्ने सुविधा प्राप्त गर्न रिफर गर्ने र पाउने दुवै प्रयोगकर्ताको रकम चुक्ता भएको हुनुपर्ने बताइएको छ ।
त्यस्तै, प्रयोगकर्ताले जानकारी गराए मात्र अफर प्राप्त हुने वर्ल्डलिंकमा कार्यरत एक कर्मचारीले जानकारी दिए ।

त्यस्तै, अर्का कर्मचारीको भनाइ फरक छ । उनका अनुसार रिफर अफर २०० एमबीपिएस इन्टरनेटको खरिदबाट सुरु हुन्छ । त्यसमा पनि जडान गर्दा डिस्काउन्ट भएको भए रिफर अफर प्राप्त हुँदैन ।

रिफर अफर अटो एड हुन्छ । कतै जानकारी गराउनु पर्दैन । यो जानकारी पाएपछि पहिलो आवाजले तपाईंहरुले ग्राहकलाई रिफर नै भएको छैन भनेर लापरवाही गर्नुहुँदो रहेछ भन्ने प्रश्नमा महिला कर्मचारी भन्छिन्, `हामीलाई पनि तपाईंहरु जस्तै ग्राहक चाहिन्छ भन्दै रिफर अफर एड गरिदिएको जानकारी दिइन् ।´

यसरी हेर्दा वर्ल्डलिंकको रिफर अफर बोल्न र कराउन सक्नेले मात्र प्राप्त गर्ने तर, अफर कसरी प्राप्त गर्ने जानकारी नभएका सरासर इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकबाट ठगिने गरेका छन् ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
2

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.