नेदरल्यान्डस् विरुद्धको खेलमा साउथ अफ्रिकाको संघर्ष पूर्ण जित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले शनिबार नेदरल्याण्ड्सलाई हराएको छ । दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले हराएसँगै लगातार दोस्रो जित दर्ता गरेको हो ।

१ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । खराब सुरुवात गर्दै १२ रन जोड्दा ४ विकेट गुमाएको अवस्थाबाट डेभिड मिलर र ट्रिस्टन स्टब्सले दक्षिण अफ्रिकाको इनिङलाई स्थिर बनाउँदै जिततर्फ डोर्याएका थिए ।

मिलरले ५१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५९ रन बनाए । स्टब्स ३७ बलमा ३३ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लागि भिभियन किङ्मा र लोगान भान बिककले समान२ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.