अफगानिस्तानसँगको खेलमा न्युजिल्यान्ड पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्यान्डलाई ८४ रनको फराकिलो अन्तरले हराएको छ । टी–२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डलाई हराएको यो पहिलो पटक हो ।

आज बिहान गुयानाको प्रोभिडेन्स मैदानमा भएको खेलमा जितका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५ ओभर २ बलमा ७५ रनमा अलआउट भयो । न्युजिल्याण्डका ग्लेन फिलिप्सले १८ तथा म्याट हेनरीले १२ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अफगानिस्तानका राशिद खान र फारुकीले समान चार विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५९ रन बनाएको थियो । उसका रहमानउल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । इब्राहिम जद्रान ४४ रनमा आउट भए । न्युजिल्यान्डका म्याट हेनरी र ट्रेन्ट बोल्टले समान दुई तथा लोकी फर्गुसनले एक विकेट लिए । अफगानिस्तान र न्युजिल्यान्ड समूह ‘सी’ मा छन् ।

अफगानिस्तानले आफ्नो पहिलो खेलमा युगान्डालाई एक सय २५ रनले हराएको थियो । आज पहिलो खेल खेलको न्युजिल्यान्ड पराजित भएको हो । यो समूहमा वेस्टइन्डिज, युगान्डा र पपुवा न्यु गिनी (पीएनजी) पनि रहेका छन् ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.