मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि पत्रकारहरूको चुनाव अन्योलमा

काठमाण्डौ । नेपाल पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित भएको छ ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति निकालेर आजको लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका छन्। मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास भइरहेकाले चुनाव स्थगित गर्नुपरेको बताइएको छ ।

स्थगित चुनाव असार दोस्रो हप्ताभित्रै गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष पोखरेलले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर जानकारी गराउन समेत आग्रह गरेका छन्।

महासङ्घको शुद्धीकरण समितिले छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएपछि चुनाव अन्योलमा परेको हो ।

 

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.