काठमाडौं। विश्वकप २०२६/एसियन कप २०२७ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग पराजित भएको छ।
साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो। युएईका हरिब अब्दुल्ला सुहेलले दुई गोल गरे। अली सालेह र हाजेम मोहम्मदले समान एक गोल गरे।
खेलको पहिलो हाफको १२ र १४औं मिनेटमा सुहेलले गोल गरेका थिए। ५३औं मिनेटमा सालेह र ७५औं मिनेटमा मोहम्मदले गर्दै युएईलाई जित दिलाए ।
तपाईंको प्रतिक्रिया ?
+1
+1
+1
+1
+1
+1
+1
Facebook Comments