मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री प्रचण्ड भारत जाने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार भारत जाने भएकाछन् ।

भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ दिल्ली जान लागेका हुन् । उनलाई शपथ ग्रहणमा सहभागी हुन आधिकारिक निम्ता आएसँगै शनिबार दिल्ली जाने कार्यक्रम तय भएको जनाइएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा हासिल गरेको सफलतामा बधाई दिन बुधबार गरेको फोन संवादमा पनि मोदीले शपथग्रहण कार्यक्रममा आउनका लागि निमन्त्रणा दिएका थिए ।

मोदीको शपथ ग्रहण समारोह जुन ८ तारिखको साँझ हुने बताइएको छ ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.