अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा घर बगाउँदा बेपत्ता तीन जनामध्ये एक जना मृत फेला परेका छन्।
पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राकेश थापाले आज (शनिबार) बिहान पौने ९ बजे दिएको जानकारीअनुसार पहिरोमा हराएकामध्ये घरमूली ४२ वर्षीय रूपलाल मगरको शव भेटिएको हो।
पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर शुक्रबार राति अन्दाजी १० बजेतिर पहिराले बगाउँदा बेपत्तामध्ये २ जना अझै फेला परेका छैनन्। रूपलालका श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता छन्। डीएसपी थापाले टेलिफोनमा नेपालखबरसँग भने, ‘खोजी जारी छ।’
रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन्।
तपाईंको प्रतिक्रिया ?
+1
+1
+1
+1
+1
+1
+1
Facebook Comments