निर्वाचन आयोगले भन्यो- मदिरा सेवन गरेका व्यक्तिलाई मतदान केन्द्रमा प्रवेश नदिनू

निर्वाचन आयोगले मदिरा सेवन गरेका व्यक्तिहरूलाई मतदाता भए पनि मतदान केन्द्रमा प्रवेश नदिन निर्देशन दिएको छ। 

 

बुधबार सहसचिव एंव प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै मतदान केन्द्रमा मदिरा सेवन गरी आएका व्यक्तिलाई प्रवेश नदिन भनेको हो। 

शुक्रबार हुने स्थानीय हत निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको हो।

मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा उनका एक निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अरू कुनै व्यक्तिले मोबाइल, क्यामरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर जस्ता सामग्री लग्न नपाइने आयोगले जनाएको छ।

 

‘प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ आयोगको निर्देशन छ।

त्यस्तै, त्यसविपरीत कुनै कार्य कहीँकतैबाट भएमा कारबाही गर्ने आयोगले चेतावनी समेत दिएको छ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.