त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ ।

“सर्वोच्च अदालतबाट विज्ञापन नम्बर ७०१/२०७७/७८ देखि ८२८/०७७/७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णय बमोजिम उक्त परीक्षा हाललाई स्थगित गरिएको छ”, सूचनामा भनिएको छ ।

यहि चैत ८ गतेदेखि आयोगको उपप्रध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्ने तयारी थियो । त्रिवि आयोगले सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गरिने जनाएको छ ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.