नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।
जिल्लाबाट १६ हजारभन्दा बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार भन्दाबढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिए ।
उनले दुई नेताले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको बताए । जिल्ला सभापतिमा दुई कार्यकाल पूरा गरेका उनले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
तपाईंको प्रतिक्रिया ?
+1
+1
+1
+1
+1
+1
+1
Facebook Comments