सरकारको साँठगाँठ अपराधी गिरोहसँग रहेको रास्वपाको आरोप

अपराधी गिरोहसँग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करीको सञ्जाल नेपालभित्रै बसेर राज्य संरक्षकहरूको मिलोमतोमा चलिरहेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद नेपालीले सक्रिय मानव तस्कर र्याकेटलाई राज्यले संरक्षण गरिरहेको आरोप लगाएका हुन्। उनले मानव तस्करीजस्तो जघन्य अपराधमा सरकार निरन्तर मौन रहेको टिप्पणी गर्दै के जनताको मुद्दा उठाउनु अपराध हो ? भन्दै प्रश्न गरे।

उनले मानव तस्करी केवल कानूनी अपराध मात्र नभई मानवताको गम्भीर अपमानसमेत भएको टिप्पणी गर्दै छानबिन समिति गठन गर्न माग गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीले विगत गत १३ जेठदेखि भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार