एक परिवर्तन

                    एक परिवर्तन                                                                प्रमाद कार्की

असभ्य बोली सभ्य भयो, भव्य जीवन अहिले भयो।
स्वरूप पनि फेर्दै गयो।
कलाले पनि दिव्य रूप लिन थाल्यो।
खाली खुट्टा हिँड्ने केटो,
जुत्ता लगाई हिँड्न थाल्यो।
नालायक भन्नेहरू आज मेरै उदाहरण दिन थाल्यो।
ओसेको काटी पनि आज हेर बल्न थाल्यो।
दियोको बत्ती सरि आफू जली प्रकाश दिन थाल्यो।
कसैलाई केही चासो छैन,
सूर्यको प्रकाश देख्दा पनि आफैँ जल्न थाल्यो।

मेरो वेदनामा, मेरो चाहना छ।
मेरो साधना (यच आराधना) मा, मेरो प्रार्थना छ।
मेरो सपनामा, मेरो बिपना छ।
आज मेरो क्षमायाचनामा, स्वीकार्य लक्ष्य छ।
कर्म, धर्म, मर्म, शर्म मेरै पक्षमा छ।
अनि साम, दाम, दण्ड, भेद हर कोहीको कक्षामा छ।
दूरदृष्टि कमजोर भए पनि,
आत्मीय दूरदृष्टि देख्ने दृश्य–दक्ष म मा छ।
कालो होला, अँध्यारो होला,
तर, कलाकारले अन्धकारमा पनि आकार दिन सक्छ।
दृष्टिहीन पनि दृष्टि भएको भन्दा धेरै हेर्न सक्छ।
यो सबै सोच्ने सोचको भर पर्छ।
पेटको लागि भोको पेटले पनि काम गर्छ।
गरी खानु कर्मको फल बन्छ।

लाटो–बहिराले पनि तँलाई साङ्केतिक भाषामा
ज्ञान दिन सक्छ,
केबल तैँले ध्यान दिनु पर्छ।
भाषा होइन, भावना बुझे पुग्छ।
अपाङ्ग शरीर होइन, अपाङ्ग सोचले फरक पार्छ।

झमक घिमिरेको जीवनीले जीवन जिउने ज्ञान दिन्छ।
वाइबा पनि पारिजातको फूल सरि फुल्न सक्छ।
कर्मको फल इतिहास बन्न सक्छ।
फाटेको जुत्ता पनि एक दिन रत्नको मूल्यमा बिक्छ।
तेरो हरेक कुरा यहाँ, जहाँ तँ भन्दा अरू कसैले सुन्दैन,
त्यहाँ तेरो एक दिन हरेक शब्द टिप्छ
तेरो शब्दले तेरो जिवनको इतिहास लेख्छ
सुनौलो अक्षरमा त्यहाँ तेरो नाम अङ्कित हुन्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार