‘बोली बारेनी’ सार्वजनिक प्रेम र पीडाको गहिरो अभिव्यक्ति

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एक मार्मिक गीत ‘बोली बारेनी’ सार्वजनिक भएको छ। माया, प्रेम, बिछोड र पीडाको यथार्थ कथा बोकेको यस गीतले दर्शक–श्रोतामाझ गहिरो प्रभाव पारिरहेको छ।

गीतमा एक प्रेमीको गुनासो मार्मिक ढंगले प्रस्तुत गरिएको छ, जहाँ ऊ प्रेमिकासँग अलग्गिएको पीडामा भन्छ, ‘बोली बारेनीले खबर किन सोच्छौरु जिउँदै मार्नेले सास भए पनि मोरे जस्तै बनाएको छ।’ प्रेमिकाले पनि आफ्ना यादसहित फर्किएकी छन्। गीतले प्रेममा छुट्टिएका जोडीहरूको भावनालाई यथार्थ र संवेदनशील ढंगले उजागर गरेको छ।

गीतका शब्द शिब पौडेलले लेखेका हुन्। नेपाली गीत संगीतमा पृथक शैली र गहिरो भावनाका कारण परिचित पौडेल भन्छन्, ‘यो गीत केवल शब्द होइन, मुटुबाट निस्किएको पीडा हो। केही अनुभवहरू वास्तविक, केही काल्पनिक भए पनि समाजमा घटेका कथाहरूलाई मैले गीतमार्फत प्रस्तुत गरेको हुँ।’

गीतमा ऋषि खड्काको संगीत रहेको छ, जसले गीतलाई विशेष भाव र लयात्मकता दिएको छ। संगीत संयोजन विनोद बाजुराइलीले गरेका छन्, जसका हालैका थुप्रै गीतहरू श्रोतामाझ लोकप्रिय छन्।

खेम सेन्चुरी र दीपिका बायम्बु मगरको स्वरमा सजिएको गीतको रेकर्डिङ सागर बाजुरालीले स्टुडियो मालाश्रीमा गरेका हुन्। गीतको भिडियोमा विनोद भण्डारी, जुना गुरुङ, र नकुल शाही ठकुरीको अभिनय देख्न सकिन्छ। तिहारको परिवेशमा छायांकन गरिएको भिडियोमा यथार्थ चित्रणको प्रयास गरिएको छ। निर्देशन विनोद भण्डारीले गरेका छन् भने छायांकन दिनेश पराजुली र सम्पादन अमृत चापागाईंले गरेका हुन्।

चर्चित पत्रकार कृष्ण पहाडीको निर्माणमा तयार भएको गीत ‘बोली बारेनी’ मिडिया डबली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार