जलेको अवस्थामा मृत भेटिइन सिर्जना

रुपन्देहीमा जलेको अवस्थामा मृत फेला परिन युवती

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाका अनुसार स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा आज आइतबार विहान करिब १ बजे खेतमा भेटिएकी थिइन् ।

आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले विहान २ बजे नै सो ठाउँमा पुगेर अनुसन्धान अघि बढाएको छ ।

उनका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार