भोलिदेखि सार्वजनिक यातायात सेवा ठप्प पार्दै व्यवसायी

भोलिदेखि सार्वजनिक यातायात सेवा ठप्प पार्दै व्यवसायी

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले मंगलबार (भोलि) देखि यातायात सेवा ठप्प पार्ने भएका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका उनिहरुले यातायात सेवा ठप्प पार्ने भएका हुन ।

राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर मिलाएको भन्दै आन्दोलित व्यवसायीले सवारीसाधन घर तथा ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने बताएका छन ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन ।

आन्दोलित व्यवसायीले सोमबार पोखरा र काठमाडौमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार