
काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता अब औपचारिक रुपमा खुला गरिएको छ। यो घोषणा ग्लोबल ग्ल्यामर भेन्चर द्वारा बुधबार काठमाडौंको हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममार्फत गरिएको हो।
मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक श्रीमती सङ्गीता पुरीले आफ्नो उत्साह व्यक्त गर्दै भनिन्ः “Perfect As You Are” तपाई जस्तो हुनुहुन्छ, त्यही नै तपाईको सौन्दर्यता हो।
“म जहिल्यै विश्वास गर्थे कि हामी सबै आ-आफ्नो तरिकाले परिपूर्ण छौं। यस वर्ष हामी प्रतियोगितालाई अझ लोकतान्त्रिक र समावेशी बनाउने प्रतिबद्धताका साथ अगाडि बढिरहेका छौं। हामी सबै पृष्ठभूमिका महिलाहरूलाई स्वागत गर्दछौं।”
उनले थप भनिन्, “म सबै नेपाली र एनआरएन महिलाहरुलाई आग्रह गर्दछु आफ्नो आत्मविश्वास देखाउनुहोस्, अवसर समाउनुहोस् र सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्नुहोस्। हामी एउटै मञ्चमा जुटौं र हाम्रो प्रतिभा, शक्ति र अदम्य आत्मालाई विश्वसामु चम्काऔं।”
दर्ता जेठ १५ (May 28) देखि असार १५ (June 30), २०८२ सम्म खुला रहनेछ। इच्छुक सहभागीहरूले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट तथा सोसल मिडिया प्लेटफर्महरूमार्फत दर्ता गर्न सक्नेछन्।
दर्ताको लागि सहभागी महिला १८ वर्ष वा सोभन्दा बढी उमेरको हुनुपर्नेछ र +२ वा सो सरहको शैक्षिक योग्यता पूरा गरेको हनुपर्नेछ ।
यो प्रतियोगिता समावेशी मूल्यमा आधारित रहेकाले उचाइ, तौल वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध छैन, र नेपाली तथा गैरआवासीय नेपाली (NRN) महिलाहरूले दर्ता गर्न सक्नेछन्।
यस वर्ष प्रतियोगिता नयाँ स्वरूपमा प्रस्तुत हुँदैछ ८ भागमा आधारित रियालिटी टिभी शोको रूपमा, जसमा प्रतियोगीहरुको यात्रा, चुनौती र परिवर्तनलाई दर्शकले नजिकबाट अनुभव गर्न सक्नेछन्।
कार्यक्रममा मिस युनिभर्स नेपाल २०२५ सम्पदा घिमिरे, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपालका देश निर्देशक श्री नुमान ओजकान, मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक श्रीमती सङ्गीता पुरी, कोरियोग्राफर श्री दिक्पाल कार्की र मिस युनिभर्स नेपाल (MUN) की CEO तथा अध्यक्ष श्रीमती साबी पुरीको विशेष उपस्थिति रहनेछ
टप प्रतियोगीहरूले साउन महिनामा २५ दिने इन्टेन्सिभ ट्रेनिङ प्राप्त गर्नेछन् र भदौमा क्लोज क्याम्प आयोजना हुनेछ।
ग्रान्ड फिनाले २०८२ सालको भदौ सेप्टेम्बर महिनामा आयोजना गरिनेछः।
मिस युनिभर्स नेपाल (MUN) ले समाजसेवा र सामाजिक कल्याणका लागि UNILO सँग सहकार्य गर्नेछ।