
काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न संसद बैठक सुरु हुन सकेको छैन । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक नियमित समयमा सुरु हुन नसकेको हो ।
संसद बैठक अवरुद्ध भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
ओली र देउवाबीच मन्त्रीसहित भएको भेटलाई चासोका साथ हेरिएको बालुवाटार स्रोतले जनाएको छ ।