
काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदहरू नाराबाजी सहित उठेर अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।
बैठकको सुरुमै सभामुख देवराज घिमिरेले आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए ।
विपक्षी सांसदहरूले अवरोध गरेपछि सभामुखले धारणा राख्नका लागि प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई समय दिएका थिए ।
त्यस लगत्तै रास्वपा सांसद् शिशिर खनालले गृहमन्त्री र उनको सचिवालय मुछिएको यो प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण अन्तरगत छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरेका थिए ।
सत्ता पक्षका तर्फबाट सांसद श्याम घिमिरे बोल्न थालेपछि विपक्षी सांसदहरूले अवरोध गरेका थिए ।