गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सरकारले डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले उनलाई गभर्नरमा नियुक्त गरेको हो। पौडेल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त भएका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। केहीबेर अघि मात्रै अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले डा. विश्व पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। सिफारिस भए अनुसार मंगलवार साँझ बसेको मन्त्रिपरिषद्‍ बैठकले १ नम्बरमा सिफारिस भएका पौडेललाई गभर्नर नियुक्त गरेको हो। गभर्नरबाट महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली थियो।

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरिएको भन्दै पौडेलविरुद्ध अदालतमा रिट निवेदन पेस भएको हो ।

नियुक्ति बदरको माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी सहित रिट पेस गरेका हुन् ।

उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा छ । गत ६ जेठमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार