नवनियुक्त गभर्नर पौडेलले आज शपथ लिदै

काठमाडौँ । सरकारले डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले उनलाई गभर्नरमा नियुक्त गरेको हो। पौडेल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त भएका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। केहीबेर अघि मात्रै अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले डा. विश्व पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। सिफारिस भए अनुसार मंगलवार साँझ बसेको मन्त्रिपरिषद्‍ बैठकले १ नम्बरमा सिफारिस भएका पौडेललाई गभर्नर नियुक्त गरेको हो। गभर्नरबाट महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली थियो।

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्दैछन्।

निकै लामो रस्साकस्सीपछि गएराति नियुक्त भएका गभर्नर पौडेलले आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

बैंकका प्रवक्ता रामु पौडेलका अनुसार उनले आज बिहान अफिस खुलेपछि अर्थमन्त्रालय पुगेर नियुक्ति बुझ्ने त्यसपछि सर्वोच्च अदालत पुगेर शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

पौडेललाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ गराउनेछन्।  त्यसपछि पौडेल आजै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार