गायक पौडेलको बुलबुले कपाल बोलको गीत बजारमा

गायक पौडेलको बुलबुले कपाल बोलको गीत बजारमा

काठमाडौं । बहुचर्चित गायक लक्ष्मण पौडेलले बुलबुले कपाल बोलको गीत बजारमा ल्याएका छन । लक्ष्मण कल्पना युट्युब च्यानलमार्फत पौडेलले गीत बजारमा ल्याएका हुन ।

गायक लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेलको स्वरमा गीत बजारमा आएको हो । लक्ष्मण पौडेलकै शब्द तथा संगीत रहेको गीतमा श्यामस्वेत रसाइलीको संगीत संयोजन तथा अडियो सम्पादन रहेको छ ।

प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्ड गोविन्द अनेक र बिमल सुनार गरेका छन ।

बाराही म्युजिक एन्ड इन्टरटेनमेन्ट आईएनसीको अडियो तथा भिडियो रहेको  बुलबुले कपालमा बद्री प्रसाद तिवारी  र करिश्मा श्रेष्ठको अभिनय रहेको छ ।

सुनिल बिकेको निर्देशनमा तयार भएको गीतको छयाङ्कन पवन सुसलिङले गरेका छन ।

गीतको सम्पादन प्रविन भट्टले गर्दा कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन । लक्ष्मण कल्पना निर्माता रहेको गीतमा मेकअप आर्टिस्टका रुपमा सुवास तिमिल्सिना रहेका छन । गीतको पोस्ट प्रोडक्सन गलबन्दी क्रिएशनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार